आज :

सुकुम्बासीको उठीबास लगाए हमाल र भण्डारीलाई जनकारवाही गर्ने नेकपाको चेतावनी

धनगढी । नेपाल कम्युनिस्ट पार्टीले सुकुम्बासी बस्ती उठाउनेलाई जनकारवाही गर्ने चेतावनी दिएको छ । विप्लव नेतृत्वको नेकपा कैलालीले भुमाफिया तथा दलालहरुले जग्गा किनबेचको लागि २०५० सालदेखि बाढीपिडितको रुपमा बस्दै आएका सुकुम्बासीलाई उठाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

कैलालीको घोराघोडी नगरपालिका–३ भोजपुरमा बसोबास गरिरहेका सुकुम्बासीको उठिबास लगाउन भूमाफि तथा दलालले अदालतलाई प्रभावमा परेर फैसला गर्न लगाएको भन्दै नेकपा कैलालीले ध्यानाकर्षण भएको बताएको छ । जिल्ला सेक्रेटरी करनले विज्ञप्ति जारी गरेर उक्त कार्यमा २०५५ सालको सुकुमबासी आयोगको अध्यक्ष बिरबहादुर हमाललगायतको संलग्नतामा भूमाफिया अनिपाल भण्डाराको नाममा उक्त जमिन भएको भन्ने जालसाँची गरेको बताएका छन् । उनले बाढीपिडित, सुकुमबासी, मुक्तकमैया र थारु बस्तीको उठिबास लगाउने घृणित कार्य भन्दै नेकपाले कारवाहीको चेतावनी दिएको छ । हमाल र अनिपाल भण्डारा सुकुमबासीलाई विस्थापित गर्न लागी परे जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

“२०५५ सालको सुकुमबासी आयोगको अध्यक्ष बिरबहादुर हमाल लगायत केही अमुख व्यक्तिहरुको संलग्नतामा भूमाफिया अनिपाल भण्डाराको नाममा उक्त जमिन भएको भन्ने जालसाँची गरी बाढीपिडित, सुकुमबासी, मुक्तकमैया र थारु बस्तीको उठिबास लगाउने घृणित कार्यप्रति पार्टीले खेद व्यक्त गर्नुका साथै सोही स्थानबाट गृह प्रशासनको आडमा सुकुमबासी बस्तीलाई उजाड गर्ने भूमाफिया तथा दलालहरुविरुद्ध पार्टी जस्तोसुकै कडा संघर्ष गर्नपछि नहट्ने र सुकुमबासी बस्तीको जमिनसँग जोडिएका दलाल र भूमाफिया बिरबहादुर हमाल र अनिपाल भण्डारा सुकुमबासीलाई विस्थापित गर्न लागी परे जनकारवाही गर्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ” विज्ञप्तिमा उल्लेख छ । उनले वैज्ञानिक भूमिसुधार गरी भूमिहिन तथा सुकुम्बासीको समस्या समाधान नभएसम्म उक्त जमिनबाट सुकुम्बासी उठाउन नहुने बताएका छन् ।

सरकारको गलत रबैया र आफ्नो पार्टीमाथि प्रतिबन्धको फाइदा उठाउँदै भूमाफियाहरुले लामो लामो समयदेखि बस्दै आएका सुकुम्बासीको उठिबास लगाउन लागेको भन्दै नेकपाले ध्यानाकर्षण जनाउँदै विज्ञप्तिमा भनेको “वर्तमान कमाउनिष्ट सरकारले देशको राष्ट्रिय स्वाधिनतालाई बन्दक बनाएर राष्ट्रघात र जनघात थुपार्ने र यसको विरोध गर्ने पार्टीलाई प्रतिबन्ध लगाइरहेको अवस्थामा यसको फाइदा उठाउँदै केही भुमाफिया तथा दलालहरुले सुकुमबासी बस्ती बसेका जमिनहरुलाई खाली गर्दै विक्री वितरण गरिरहेको अवस्थामा २०५० सालदेखि बाढीपिडितको रुपमा बस्दै आएका कैलालीको घोराघोडी नगरपालिका ३ को भोजपुर बस्तीमा पनि अदालतको फैसलाका नाममा केही भूमाफिया तथा दलालहरुको मिलोमतोमा अदालतले गरेको निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal