आज :

एनसेलको मुख्यालयमा भएको बिस्फोट घटनामा नेकपाका नेता सुदर्शन निर्दोष रहेको अदालतको ठहर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एनसेल घटनामा सफाइ पाएका छन् । पाटन उच्च अदालतले विहीबार सुदर्शनलाई निर्दोष रहेको फैसला गरेको हो ।

ललितपुर जिल्ला अदालतले एनसेलको मुख्यालयमा भएको बम विस्फोट राज्यविरुद्धको मुद्दामा थुनछेकको लागि पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो । विहीबार भएको बहसमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलाशको इजलाशले उक्त घटनामा नेता सुदर्शन निर्दोष रहेको आदेश दिएको हो । तर, हातहतियार मुद्दामा थुनामा राख्ने आदेशलाई भने सदर गरेको छ ।

राज्यलाई कर छलि गरेर विवाद आएको एनसेलको मुख्यालयमा २०७५ माफुन १० गते विस्फोट भएको थियो । उक्त घटनामा दोषी ठहर गर्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका नेता सुदर्शनसहितका नेताहरुलाई चैत्र ९ गते गिरफ्तार गरेको थियो ।

एनसेलमा भएको विस्फोट र हातहतियार मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि बैशाख ९ गते नख्खु कारागार चलान गरेको थियो । त्यसैगरी सूर्य भुजेल, दोर्जी शेर्पा, डिकेन्द्र राई, शिव धिमाल र बुद्ध बहादुर सिंतानको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा पनि उच्च अदालतले सदर गरेको छ ।

ललितपुर जिल्ला अदालतको आदेश बदर गरिपाउँ भन्दै परेको रिट निवेदक तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचनद्र पोखरेल, सन्तोष कोइराला, कान्तिराम ढुंगाना, रामकृष्ण भण्डारी, खिमानन्द अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal