आज :

एमसीसीबारे गृहमन्त्री बादलले मुख खोलेः सम्झौतामा सहभागी हुँदैनौं र कार्यान्वयन पनि गर्दैनौं

काठमाडौं । एमसीसीबारे चौतर्फी विरोध भइरहेको बेला गृहमन्त्री रामबहादुर ‘बादल’ले पनि मुख खोलेका छन् । बादलले हिन्द प्रशान्त रणनीतिमा समेटिए एमसीसी सम्झौतामा सहभागी नहेन बताए ।

सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री बादलले हिन्द प्रशान्त रणनीतिमा समेटिए एमसीसी सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने बताए । उनले एमसीसीका कतिपय प्रावधानहरु असंगत रहेको बताउँदै नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पारित नगरिने बताए ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पहिलो पटक धारणा सार्वजनिक गर्दै बादलले कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यतालाई मान्न नसकिने बताए ।

गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्त, राजमार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत रु ६० अर्ब बजेट लगानी गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal