आज :

चीनलाई घेरा हाल्न एमसीसी सम्झौताः वैद्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चीनलाई घेरा हाल्ने उद्देश्यमा अमेरिकाले मेलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौत अगाडि सारेको बताएका छन् । वैद्यले शनिबार एक विज्ञप्ति जारी गरेर पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई जमाउन र चीनलाई घेरा हाल्न हिन्द प्रशान्त रणनीति अगाडि सारेको बताए ।

“पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ” वैद्यको विज्ञप्तिमा भनिएको छ ।

महासचिव वैद्यले विज्ञप्तिमा आर्थिक अनुदान भन्ने भ्रम दिएर एमसीसीलाई संसदबाट पारित गरेर अमेरिकी सैन्य योजनालाई सफल पार्न सत्तापक्ष र प्रतिपक्ष लागिरहेको भन्दै विरोध जनाएका छन् । वैद्यले विज्ञप्तिमा भनेका छन्, “नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुबैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोडदिइराखेका छन् । यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माणगर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ ।” उनले एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नेहरु दलाल भन्दै राष्ट्रघाती कार्य भनेका छन् ।

एमसीसी पक्षमा बोल्नेहरुलाई वैद्यले राष्ट्रिय आत्मसपर्णवादी भन्दै त्यस्तो योजना सफल हुन नदिन अपील समेत गरे । उनले अ‍ेरिकाकी योजना सफल हुन नदिन सम्पूर्ण देशभक्तहरुलाई एकतावद्धा हुन आह्वान गरे ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal