आज :

नेपाललाई विदेशीको सैन्य अखडा बनाउन एमसीसीः बरिष्ठ अधिबक्ता कार्की

काठमाडौँ । प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले अमेरिकी मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता जस्ताको त्यस्तै कार्यान्वयन भए नेपाल विदेशी शक्तिकेन्द्रको सैन्य अखडा हुने बताएका छन् । उनले एमसीसीले नाममा अमेरिकाले नेपाललाई रणमैदान बनाउन लागेको आरोप समेत लगााए ।

बरिष्ठ अधिबक्ता समेत रहेका कार्कीले शुक्रबार संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै एमसीसी जस्तो राष्ट्रहित विपरित सम्झौतामा सत्तापक्ष र प्रतिपक्ष सहमत भएको भन्दै चिन्ता व्यक्त गरे । उनले इन्डो प्यासिफिक रणनीति र एमसीसीबाट नेपाल अलग हुनुपर्ने बताउँदै कुनैपनि हालतमा रोक्नुपर्ने धारणा राखे ।

“एमसीसी राष्ट्रहित विरुद्धमा छन् । यो विदेशी शक्ति केन्द्रको सैन्य अखडा बनाएर रणमैदन बनाउने नियतबाट आएको छ, यो राष्ट्रिय स्वाधिनतामाथिको धावा भएकोले जसरी पनि रोक्नुपर्छ । तर, सत्तापक्ष र प्रतिपक्ष नै यसमा सहमत भएकोले खतरा बढेको हो” कार्कीले भने । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति नै एमसीसीको पक्षमा उत्रेकोले नागरिक सडकमा उत्रिनु पर्ने बताए ।

“प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षका सभापति नै एमसीसीको पक्षमा उत्रिनुभएको छ । अब स्वाधिनताको लागि नागरिकहरु सडकमा उत्रिनु पर्छ” कार्कीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal