आज :

एमसीसी र सूचना प्रविधि विधेयकविरुद्ध सडकमा आउनु पर्छः डा. पन्त

काठमाडौँ । इतिहास एवं सीमाविद्, डा.शास्त्रदत्त पन्तले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा नभएको बताएका छन् । सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै आँच आउने गरी उक्त सम्झौता गरेको भन्दै पन्तले खारेजीको माग गरे ।

शुक्रबार संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै डा. पन्तले सरकारको नेतृत्व गर्नेहरुले देशको विरासतपूर्ण इतिहासबारे गहिरो अध्ययनन नगरी राजनीतिमा लागेकोले देश विगतभन्दा निकै जर्जर भएको आरोप लगाए । पूखाहरुले अर्जैको नेपालीभूमिको गौरवशाली पहिचान र मर्मको गाम्भिर्यता नबुझन्नुको परिणाम वर्तमान सत्तासिनहरु जे मन लाग्यो त्यही गरिरहेको पन्तले बताए ।

अर्को प्रसंगमा बोल्दै डा. पन्तले सरकारले नागरिकको आवाजमा प्रतिबन्ध लगाउने नियतले सूचना प्रविधि विधेयक ल्याएको बताए । उनले सूचना प्रविधि विधेयक जस्ताको त्यस्तै पारित भए सत्य बोल्न पनि नपाइने बताए । “सरकारले जनताको आवाज निमोठन सूचना प्रविधि विधेयक ल्याएको छ । यो सरकारले आफ्नो आलोचना गर्नेलाई ठेगाल लगाउन ल्याएको हो । एकातिर राष्ट्रघाती एमसीसी सम्झौता गर्ने अर्कोतिर सूचना प्रविधि विधेयक ल्याउनुले सरकार फासिवादको बाटोमा अगाडि बढेको छ । यसको विरोधमा सडकमा आउने बेला भएको छ” डा. पन्तले भने ।

नेतामा हुनुपर्ने गुण भएका व्यक्तिहरुले राज्यसत्ता समालेका कारण नागरिकले दुःख पाएको बताए । पन्तले अगाडि भने, “नेपालमा नेता नै छैनन् । नेता इमान्दारिता, विज्ञता, स्वास्थ, देशप्रति बफादार हुनुपर्छ । यस्ता नेतालेमात्र देश र जनताको भलो गर्न सक्छन् । यहाँ त त्यसको ठिक उल्टो छ । हाम्रा नेतामा सामान्य नैतिकता समेत छैन” डा. पन्तले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal