आज :

देशभर अविलर बर्षा र हिमपात, चिसोले खाना पकाउने ग्यास जम्यो, भोलिसम्म पानी नरोकिने

काठमाडौं । देशभर अविरल बर्षा भइरहेको छ । त्यस्तै हिमाली क्षेत्रमा भारी मात्रामा हिमपात भइरहेको छ । केही दिन सुधार भएको मौसम पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा गएरातीदेखि सुरु भएको वर्षा अहिलेसम्म रोकिएको छैन । पहाडी तथा हिमाली भेगमा हिजो दिउँसोबाटै सुरु भएको हिमपात अहिले पनि जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरू २४ घण्टा वर्षा तथा हिमपात हुनेछ । यो वर्षमा यो हिमाली क्षेत्रमा केही वर्षभन्दा यताकै धेरै हिमपात भएको छ । यो सातौं हिमपात हो ।
वर्षा र हिमपातले चिसो बढेको छ । हिमाली जिल्लाहरुको जनजीवन कष्टकर भएको छ ।

मनाङ–मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, दार्चुला, बझाङलगायत सम्पूर्ण हिमाली जिल्लामा अहिले पनि हिमपात भइरहेको छ । त्यहाँको जनजीवन निकै कष्टकर भएको छ । ती क्षेत्रमा संचार सेवा समेत अवरुद्ध भएको छ ।

हवाईसँगै लामो तथा छोटी दूरका कुनैपनि यातायात चल्न सकेका छैनन् । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्तका पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको स्थानीयले जनाएका छन् ।

जुम्लामा चिसोले खाना पकाउने ग्यास समेत जमेको बताइएको छ । हिमपातका कारण दाउरा ल्याउन पनि नसकिने र ग्यास पनि जम्न थालेपछि नागरिकको दैनिक कष्टकर भएको छ ।

त्यसैगरी चिसोले हिमाली र पहाडी जिल्लाका अधिकांश शैक्षिक संस्था पनि बन्द छन् ।

हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal