आज :

ललिता नीबास व्यक्तिको नाममा गर्ने मुख्य योजनाकार ढाकालको घरमा विस्फोट, यस्तो छ क्षतिको विवरण

काठमाडौं । बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्या योजनाकार शोभाकान्त ढकालको घर नेकपाले सेवोटेज गरेको बताएको छ ।

ललित नीवासको ११५ रोपनी सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले घर सेवोटेज गरेको नेकपाले जनाएको छ । बुधबार साँझ ढकालको घरमा बम विस्फोट समेत भएको छ ।

नागार्जुस्थित ढकालको नीवासमा बुधबार साँझ विस्फोट भएको हो । विस्फोटको जिम्मा नलिएर पनि घर सेवोटेज गरेको भन्दै नेकपा कार्यकर्ताले घर आसपासमा एउटा पर्चा छरेका छन् ।

उक्त पर्चामा बालुवाटारको सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले, पूर्वसचिव शारदा त्रित्रालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भूमाफिया किटान गरेकोले, जनयुद्धकालमा सुकुम्बासी/भूमीहिनहरुको जग्गा आफ्ना नाममा हड्प्ने प्रपञ्च गरेकाले, विगतमा एमाले र हल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एर्व कर्मचारीहरुसँगको मिलेमतोमा माफियागिरी एवं लुटखोर गरेकोले र कुख्यात भूमाफिया एवं राष्ट्रिय सम्पतीको लुटखोर गर्ने योजनाकार भएकाले पुष्टि हुँदापनि कथित कम्युनिस्ट नामधारी वर्तमान केपी सरकाले कुनैपनि कारवाही नगरकेोमा जनस्तरबाट व्यापक रुपमा कारवाहीको माग एवं उजुरी आएकोले ।

प्रहरीका अनुसकार बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । तर मानवीय भने भएको छैन ।

प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।

ढकालको घर आसपासमा यस्तो पर्चा छरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal