आज :

विवादित ललिता नीवासको जग्गा नेकपाद्वारा कब्जा, योजनाकार ढकालको घर सेवोटेज

काठमाडौँ । बालुवाटरको विवादित जग्गा नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । प्रधानमन्त्री नीवससँगै जोडिएको ललिता निवासी रहेको विवादित जग्गामा झण्डा गाँडेर कब्जा गरेको घोषणा गरेको हो ।

विप्वल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार साँझ उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै कब्जा गरेको घोषणा गरेका हुन् । उनीहरुले जग्गा सरकारको नाममा फिर्ता गर्न चेतावनी समेत दिएका छन् ।

ललिता निवासको जग्गा कब्जा गरेको व्यानवर समेत उक्त स्थानमा गाडिएको छ । उक्त व्यानरमा मिनबहादुर गुरुङ, भोकाकान्त ढकाल, रामकुमार सुवेदी, विष्णुप्रसाद पौडेलको नाममा गरिएको सबै ११५ रोपनी जग्गा कब्जा गरेको नेकपाले जनाएको छ ।

त्यसैगरी ललिता निवासको जग्गा हडप्ने योजनाको मुख्य नाईके मानिएका शोभाकान्त ढकालको घर सेवोटेज गरेको नेकपाले जनाएको छ ।

बालुवाटरस्थित ललिता निवास परिसरमा रहेको ११५ रोपनी सरकारी व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाकार भएकोले, शारदा त्रितालको नेतृत्वको गठित छानविन समितिले भूमाफिया किटान गरेकोले ढकालको घर सेवोटेज गरेको पर्चामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal