आज :

महरा रिहा हुँदैः अन्तिम सुनुवाई सुरु, बकपत्रको लागि विज्ञ बोलाउन अदालतको आदेश

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाई सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतको न्यायाधीश अम्बरराज पौडेलको इजलासले आइतबार जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश दिएको छ । सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइ आजदेखि शुरु भएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश थिएको थियो । सोहीअनुसार महरा डिल्लीबजार कारागारमा रहेका छन् । गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । उच्च अदालत पुगेका महरालाई जिल्ला अदालतले दिएको आदेशलाई नै सदर गरेको थियो ।

बकपत्र गरेर अधिवक्ता र सरकारी वकिलले आआफ्नो बहस गरेपछि अदालतले फैसला सुनाउने छ । महराले जबरजस्ती करणी गरेको पुष्टि भएमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकोले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्म जेल बस्नुपर्ने छ ।

बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो ।

पूर्वमाओवादी केन्द्रका नेताहरुका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पास गर्न अवरोध गरेपछि महरालाई फसाइएको बताउँदै आएका छन् । स्यम् महराले पनि आफूले बलात्कार प्रयास नगरेको भन्दै फसाउन षड्यन्त्र भएको बताउँछन् । यदि यो भने एमसीसीको देशभर विरोध भइरहेको बेला महरालाई रिहाईको आदेश नहुन सक्ने एकथरीको आशंका छन् । तर स्रोतका अनुसार महरामाथि लागेको आरोप पुष्टी नभएकोले रिहाई हुँदैछन् । पीडित भनिएको रोशनीले समेत उक्त आरोप आफूले रिसको झोकमा लगाएको भन्दै खण्डन गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal