आज :

महाकाली सम्झौता गर्दा केपीजीले सूर्य पश्चिमबाट उदाउँछ भन्‍नु र एमसीसी ठिक भन्‍नु एउटैः सीपी मैनाली

काठमाडौँ । नेकपा (माले)का महासचिव सीपी मैनालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना नेपालमा आफ्ना सैनिक अखडा गर्ने उद्देश्यले अमेरिकाले अगाडि सारेको बताएका छन् । अनुदानको लोभ देखाएर नेपालको राष्ट्रिय स्वाधिनतामाथि हमला गर्ने गरी एमसीसी आएको भन्दै मैनालीले खारेज गर्नुपर्ने बताए ।

चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने उद्देश्यले एमसीसी ल्याइएको मैनालीको दाबी छ । उने हिन्दी महासागरका देशहरुको साधन स्रोत चीनविरुद्ध प्रयोग गर्न इन्डो प्यासिफिक रणनीतिको अबधारणा अमेरिकाले ल्याएको पोखरेलले बताए । उनले त्यतिले मात्र नपुगेर एमसीसीको अबधारणा ल्याइएको दाबी समेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली महाकाली सम्झौता गर्दाझैं अहिले एमसीसीको बारेमा बोलेको बताए । “महाकाली सम्झौता हामीले राष्ट्रघाती भन्दै विरोध गर्यौँ । केपीजीले मैनालीजी महाकाली सम्झौता गरेपछि सूर्य पश्चिमबाट उदाउँछ भन्नुभएको थियो । त्यसैगरी नेपालमा सैनिक उपस्थित गराउने उद्देश्यले अमेरिकाले ल्याएको एमसीसी सम्झौताको बारेमा केपीजीले बोलिरहनुभएको छ । उहाँले राष्ट्रहित र राष्ट्रघात छुट्याउन सक्नु हुन्न जस्तो लाग्छ” मैनालीले भने ।
मैनालीले चीनले अगाडि सारेको बिआरआई सैन्य रणनीति नभएको तर इन्डोप्यासिफिक सैन्य रणनीति भएको र एमसीसी त्यसैको अंग भएकोले बताए । उृनले एमसीसी लागु गरिए नेपालको राष्ट्रिय स्वाधिनता नहरने समेत बताए ।

विदेशीको अनुदानमा र्याल चुहाएर राष्ट्रिय स्वाधिनताविरुद्ध कुनै पनि सम्झौता गर्नु नहुने भन्दै मैनालीले भने, “नाथे अमेरिकाले दिने ५० करोडमा र्याल चुहाएर हाम्रो स्वाधिनता बेच्न पाइन्दैन ।” उनले हिन्द महासागरका देशहरुका साधन स्रोत चीनविरुद्ध प्रयोग गर्ने उद्देश्यले इन्डोप्यासिफिक रणनीति अगाडि सारेको र एमसीसी त्यसैको अंग भएको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal