आज :

जनयुद्धका सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरियोस्, घाइतेलाई विशेष प्याकेज

काठमाडौं । सांसद महेशकुमार महराले जनयुद्धका सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका छन् । उनले त्यसैगरी घाइते तथा अपांगलाई विशेष प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद महराले राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महराले भने, “जनयुद्धले नै गर्दा गणतन्त्र आएको हो । जनयुद्धबारे अहिले भइरहेका नकारात्मक टिप्पणी एकदमै गलत छन् । यदि जनयुद्ध नभएको भए साथीहरु रसातलमा भासिइसकेका हुने थिए । पूर्वाग्राही भएर बोल्नुको औचित्य छैन । जनयुद्धका सबै मृतकलाई राष्ट्रिया सहिद घोषणा गरियोस् ।” गणतन्त्र ल्याउन बलिदानी गर्नेलाई सहिद घोषणा गर्न नहुने भन्ने प्रश्न गर्दै महराले यसको जवाफ सरकारले दिनुपर्ने बताए ।

त्यसैगरी महराले जनयुद्धको क्रममा भएका घाइते तथा अपांगहरुको उपचारमा सरकारले बेवास्ता गरेको समेत बताए । उनले विशेष राहत प्याकेज दिनुपर्ने माग समेत गरे ।

एक अर्को प्रसंगमा बोल्दै सांसद महराले सुदूरपश्चिमलाई हेर्ने सिंहदरबारको आँखा पूरानै भएको बताए । उनले कर्णाली पारी सुदूरपश्चिम छ भन्ने कुरा सिंहदरबारले नसुनेको बताए । “हिजो पञ्चायतमा, निरंकुश शासनका बेला त सुदूरपश्चिमलाई सिंहदरबारले हेरेन, हेला गर्यो । अहिले संघीयता आएपछि पनि कर्णालीपारि पनि सुदूरपश्चिम छ भन्ने सिंहदरबारले सुनेन । यो कुरा सिंहदरबारले सुनोस्” उनले भने ।

सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ (नेकपा) को प्रतिनिधित्व गर्ने सांसद महरा जनयुद्धका घाइते समेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal