आज :

‘राष्ट्रवादी नायकको सम्मान’पछि नवलले भनेः क्रान्तिकारी थबाङलाई लालसलाम

काठमाडौँ ।  हालै दाङमा भएको ‘बुद्ध, सरयू चलचित्र महोत्सव २०७६’मा नायक तथा निर्माता नवल खड्कालाई राष्ट्रिय झण्डा ओढाई ‘राष्ट्रवादी नायक सम्मान २०७६’बाट सम्मानित गरेपछि निकै भावुक बनेका थिए ।

सम्मानपछि अनलाइन डबलीसँग कुरा गर्दै, आज भन्दा ६ वर्ष पहिले उनको चलचित्र ‘भिमदत्त’को प्रमोसनमा क्रान्तिकारी रोल्पाको थबाङ पुग्दाको समयलाई स्मरण गरे, रोल्पाली जनताले उनलाई पहिलो पटक ‘क्रान्तिकारी तथा राष्ट्रवादी नायक’को संज्ञा दिएका थिए । नायक खड्काले पहिलो पटक ‘राष्ट्रवादी नायक’बाट सम्मानित भएपछि थबाङ्गी जनताले स्थापित भएको भन्दै उनले भने,“क्रान्तिकारी थबाङलाई धन्यवाद अनि लालसलाम ।”

खड्काले थबाङ लगायत रोल्पा, रुकुम, सल्यान, दाङलगायतका विभिन्न ठाउँमा पुगेर राष्ट्रियता जागरण गर्ने उद्देश्यसहित चलचित्रहरु देखाएका थिए । दशगजा र भिमदत्तलाई जनताले निकै रुचाएका थिए । उनको राष्ट्रवादी चलचित्र ‘दशगजा’ जुन सिमा विवादसँग सम्बन्धित छ र सुदुर पश्चिमका क्रान्तिकारी नेता भिमदत्त पन्त जसलाई तत्कालिन नेपाली शासकहरुले पराजित गर्न नसकेर भारतिय सेना बोलाउँदा पनि पराजित गर्न नसकेपछि झुक्याएर हत्या गरेको इतिहाससँग सम्बन्धित छ ।

हाल नायक खड्काले भारतीय हस्तक्षेप रोक्ने अभियान स्वरुप चलचित्र ‘काँडेतार’को निर्माण गर्न लागेको जानकारी दिए । उनले, आफूलाई राष्ट्रियतामा प्रतिबद्ध बन्न र राष्ट्रवादी चलचित्र निमार्णमा प्रोत्शहान गर्नेलाई धन्यवाद दिँदै भने,“मलाई सधै साथ दिने राष्ट्रवादी व्यक्तित्व, दर्शक तथा विशेष त क्रान्तिकारी थबाङ्गी जनतालाई आभार व्यक्त गर्दछु ।”

दाङमा भएको भब्य समारोहमा प्रदेश नं.५ का सभामुख पूर्ण ब. घर्तीद्वारा उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रदेश नं.५ का सभामुख घर्ती र सांसदहरू दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी, ईन्द्रजित थारू, प्रमुख जिल्ला अधिकारी लगायताका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अन्य विभिन्न बिधामा निर्देशक नवीन सुब्बा, निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी सम्मानित भएका थिए । मंगलबार उद्घाटन गरिएको महोत्सव ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal