आज :

एमसीसी र सीमा अतिक्रमणको विरोध गर्दा गिरफ्तार परेका अखिल क्रान्तिकारीका १६ नेता रिहा

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का काठमाडौैँ उपाध्यक्ष मिम ऐडीसहित १६ नेताहरु रिहा भएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सीमा अतिक्रमणविरुद्ध आयोजना गरिएको विरोध प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले यही पुस १३ गते काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरेको थियो । विरोध प्रदर्शन गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई गिरफ्तार गरेको थियो ।

सीमा अतिक्रमणविरुद्ध गरिने विरोध प्रदर्शनमाथि हस्तक्षेप नगर्न सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै प्रहरीले २७ जनालाई गिरफ्तार गरेर अभद्र व्यवहारको मुद्दा लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार ऐडीसँगै विद्यार्थी नेता उपेन्द्र बि.क., जगतप्रकाश बुढा, संगठनको क्यापस जिल्ला सहसचिव गगन गिरीलाई धरौटीमा रिहा गरेको छ । त्यसैगरी विद्यार्थीहरु मनोज बुढा,सबिन सापकोटा, तोपबहादुर श्रेष्ठ,जस सुनार, गगन डिसी, बलबहादुर रोकाया, दिपक मानधरलगायत १६ रिहा भएका छन् ।

रिहा भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले स्वागत गर्दै बधाई दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal