आज :

‘सरकारले संकटकाल बिर्साउने गरी दमन गर्‍यो, उत्पन्‍न परिस्थितिको जिम्मेवार हामी हुँदैनौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकार भारतसँग लम्पसार परेको बताएको छ । उसले राष्ट्रियता रक्षाको आन्दोलनमा आवाज उठाउँदा आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई गोली हान्ने र गिरफ्तार गरी झुठा मुद्दा लगाएर जेल हालेर भारतलाई खुशी बनाइरहेको बताएको छ ।

विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विषमले विज्ञप्ति जारी गरेर आफ्ना नेता–कार्यकर्तालाई जेल–हिरासतमा पठाएर सरकारले शान्तिका पक्षमा नभएको बताएका छन् । विषमले पार्टीका केन्द्रीय सदस्य उमा भुजेलसहितका नेता कार्यकर्ताको गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाईको माग समेत गरेका छन् ।
इन्चार्ज विषमले विज्ञप्तिमा सरकारले संकटकाल बिर्साउने गरी आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएका छन् । उनले पार्टीको मेची–कोशी व्युरो इन्चार्ज समेत रहेकी भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाईसहित ९ जनालाई सुनसरी र मोरङबाट गिरफ्तार गरिएको भन्दै रिहाईको माग समेत गरेका छन् । गिरफ्तार नेता कार्यकर्ता विना शर्त रिहाई नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी समेत विषमले दिएका छन् ।

“पार्टी कामको सिलसिलामा रहेका बेला आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउनले गरिएको छ । हाम्रो पार्टी केपी सरकारको उक्त रवैयाको घोर भत्र्सना र निन्दा गर्दै गिरफ्तार गरिएका कमरेडहरुलाई विना शर्त रिहाइको माग गर्दछ । भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन गर्दा प्रहरी दमन गर्ने सरकार विदेशी शक्तिका सामु लम्पसार परिरहेको छ” जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal