आज :

भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै : मन्त्री बाँस्कोटा

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी, लिपुलेक मात्रै नभइ लिम्पियाधुरा पनि नेपालको रहेको बताएका छन् ।

प्रेस संगठन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै रहेको बताए ।

यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरुले ब्रिटिसकालिन सन्दर्भ सामाग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

उनले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने पनि बताए । उनले अन्य दललाई उक्त पद नदिने संकेतसमेत गरे ।
उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारी दिँदै कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षिय बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने बताए ।

विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal