आज :

किमजोङको नेताहरुलाई प्रशिक्षणः सार्वभौमिकताको लागि आक्रामक कारवाही गर्छौं

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनले देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका लागि सकारात्मक र आक्रामक कारवाही गर्नुपर्ने बताएका छन् । आफ्नो पार्टीका नेताहरुलाई प्रशिक्षण दिँदै उनले कसैले उत्तर कोरियाको सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा चुनौती दिए उसविरुद्ध कारवाही गर्ने चेतावनी समेत दिए ।

राजधानी प्योङयाङमा भएको वर्कस पार्टीको प्रशिक्षणलाई सम्बोधन गर्दै उनले त्यसको लागि सुरक्षा निकाय सदैव तयार रहेको बताएका छन् । अमेरिकाले आफूलाई निसाना बनाएर उत्तर कोरियाले लामो दूरीमा मार हान्न सक्ने नयाँ मिसाइल परीक्षण गरेको बताएको एकदिन पछि भएको प्रशिक्षणमा उनले सो कुरा बताएको उत्तर कोरियाका सरकारी संचारमाध्यमहरुले बताएका छन् ।

अमेरिकासँगको वार्ता विफल र त्यसपछिका प्रयास सफल नभएपछि उत्तर कोरियाले फेरि आणविक परीक्षणलाई निरन्तरता दिएको छ । उसले महत्वपूर्ण आणविक परीक्षण सफल गरेर आफूलाई  आणविक शक्त राष्ट्रको सूचीमा राख्न सफल भएको बताएको छ ।

किमजोङको भनाई सार्वजनिक हुनुअघि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले उत्तर कोरियालाई जवाफ दिन अमेरिकासँग पर्याप्त श्रोत साधन रहेको बताएका थिए ।

यी दुबै भनाईले फेरि अमेरिका र उत्तर कोरियाको आमनेसामने आउने  देखिएको छ ।

  • फाइल तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal