आज :

एमसीसीको विरोधमा नेकपा सडक संघर्षमा, प्रदर्शनदेखि अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाउनेसम्म

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताविरुद्ध सडक संघर्षको घोषणा गरेको छ । उसले पुस १४ गतेदेखि पुस २० गतेसम्म देशव्यापी चरणबद्ध संघर्ष घोषणा गरेको हो ।

चौतर्फी विरोधको घेरामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ रहेको नेपालको हितविरुद्धमा भएको भन्दै नेकपाले विरोध गर्दै आएको थियो । यसअघि पार्टीले विज्ञप्ति नै जारी गरेर सरकारले एमसीसी कार्यान्वयन नगर्न भनेको थियो ।

संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा एमसीसी रहेको बताउँदै नेकपाले नेपालको हितविरुद्ध भएको भन्दै खारेज गर्न आग्रह समेत गरेको छ । अमेरिकाको आर्थिक, वैचारिक र राजनीतिक संकटलाई टार्न एमसीसी अगाडि ल्याएको नेकपाको ठहर छ ।

नेकपाले यही पुस १४ गतेदेखि २० गतेसम्म पहिलो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको छ । जसमा मशाल जुलुस, विरोध सभादेखि नेपालस्थित अमेरिकी दूतावासमा ज्ञापानपत्र बुझाउनेसम्म रहेका छन् ।

यस्ता छन् संघर्षका कार्यक्रम

२०७६ पुस १४ गते देशव्यापी अन्तक्रिया कार्यक्रम

२०७६ पुस १६ गते देशव्यापी जुलुस प्रदर्शन

२०७६ पुस १८ गते देशव्यापी विरोध सभा

२०७६ पुस २० गते अमेरिकी दुताबासमा ज्ञापनपत्र दिने

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal