आज :

नेकपाले भन्यो- ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाहीलाई सकुशल रिहा गरेका हौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई रिहा गरेको छ । भ्रष्टाचार गरेको, कमिसन खाने गरेको र पार्टीविरुद्ध लागेको भन्दै नेकपाले सोधपुछको लागि शाहीलाई शनिबार राति नियन्त्रणमा लिएको थियो ।

आवश्यक सोधपुछ सकिएको भन्दै नेकपाले छिमेकी जिल्ला कालिकोटको शुभकालिका गाउँपालिकाबाट आइतबार साँझ रिहा गरेको हो । शनिबार राति शाहीलाई  नियन्त्रणमा लिने क्रममा उनको पन्ती इला बीच बाटोसम्म सँगै गएर फर्किएकी थिइन् । आवश्यक सोधपुछ गरेर फर्काइदिने भनेपछि इला बीचबाटै फर्केकी थिइन् ।

शाहीलाई अपरचित व्यक्तिहरुले सँगै लिएर गएको सूचना पाएलगत्तै दैलेख र कालिकोटबाट सो क्षेत्र आसपास व्यापक प्रहरी परिचालन गरिएको थियो । नेकपाले रिहा गरेपछि शाहीलाई प्रहरीले भेटाएको थियो । उनी जंगलको बाटो हुँदै फर्किदै थिए ।

‘उहाँविरुद्ध परेको उजुरीका आधारमा सोधपुछको लागि उहाँलाई नियन्त्रणमा लिएका थियौं, आवश्यक सोधपुछ पछि सकुशल रिहा गरिएको छ’ नेकपा एक नेताले अनलाइन डबलीसँग भने । सोधपुछ सकेर घरपरिवार तनावमा नहोस् भनेर अध्यक्ष शाहीलाई रिहा गरिएको र थप अनुसन्धान गरेर त्यसबारे पार्टीले निर्णय लिने ती नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal