आज :

नेकपाले भन्यो- जनमुक्ति सेनाले अध्यक्ष शाहीलाई गिरफ्तार गरेका हो, अहिले सकुशल छन्

काठमाडौँ । दैलेक ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टीले पुष्टि गरेको छ । पार्टीका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरेको बताएको छ ।

रवीले विज्ञप्तिमा अध्यक्ष शाहीले चरम भ्रष्टाचार गरेको, कमिसन खाएको, पार्टी विरोधी गतिविधि गरेकोले गिरफ्तार गरेको बताएका छन् । उनले जनमुक्ति सेनाको नेतृत्वमा शाहीलाई नियन्त्रणमा लिई आवश्यक छानविन गरिएको बताउँदै सकुशल राखिएको बताएका छन् ।

“निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिसन खाएको व्यापक जनगुनासो र पार्टी्विरोधी गतिविधि गरेकाले पार्टीको निर्देशनमा जनमुक्ति सेनाको नेतृत्वमा नियन्त्रणमा लिई आवश्यक छानबिनसहित सकुशल राखिएको छ” आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी विज्ञप्तिमा आफ्नो पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता–कार्यकर्ताको रिहाई, राज्य आतंक बन्द गर्न र सरकारले गरेको दमनको प्रतिरोधस्वरुप अध्यक्षलाई गिरफ्तार गरिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता, कार्यकर्ता र जनताको बिनासर्त रिहाइ, हत्या, जनआतङ्क र दमनको प्रतिरोधस्वरूप हाम्रो पार्टीले दैलेख जिल्ला ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई हिजो पुस ५ गते गिरफ्तार गरेको छ ।

“प्रतिक्रान्तिबाट स्थापित भएको संशोधनवादको प्रतिवाद गर्दै नेपालमा अधुरो क्रान्तिलाई पूरा गर्ने वैज्ञानिक समाजवादको स्थापनार्थ गठन भएको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि राष्ट्रघात, भ्रष्टाचारी र कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । केपी वलीको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टी स्थापना भएदेखि निरन्तर दमन, हत्या, आतङ्क, गिरफ्तार गर्दै पार्टी र जनतामाथि राज्यआतङ्कको राज गर्दै आएको सर्वविदितै छ” विज्ञप्तिमा उल्लेख छ ।

इन्चार्ज रवीले अध्यक्ष शाहीले गरेको भ्रष्टाचारको असुली, बिना सर्त आफ्ना नेता–कार्यकर्ताको रिहाईको माग गर्दै विज्ञप्तिमा भनेका छन्, “शाहीद्वारा गरिएको भ्रष्टाचारको असुली गराउन र बिनासर्त देशव्यापी हाम्रो पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्न जोडदार माग गर्दछौंँ । हाम्रो मागलाई बेवास्ता गरी फेरि दमन र गिरफ्तारी गर्न खोजेमा सामाजिक फासिवादी केपी सरकारका विरुद्ध कडाभन्दा कडा सङ्घर्ष गर्ने कुरा यही विज्ञप्तिमार्फत जानकारी गरिन्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal