आज :

पूर्वाधार आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित सम्झौता अनुमोदन गर्न एमसीसीको आग्रह

काठमाडौं । सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौता अनुमोदन गर्न आग्रह गरेको छ ।

आज (आइतबार) पत्रकार सम्मेलन गर्दै एमसीसीले संसदको जारी हिउँदे अधिवेशनबाटै सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो ।

सम्झौतामा उल्लेख भएका पूर्वाधार आयोजनाहरु समयमै सक्ने प्रतिबद्धता जनाएको छ । एमसीसीबारे सत्तारुढ नेकपाभित्र चर्को बहस भैरहेका बेला एमसीसी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो प्रतिबद्धता जनाएको हो ।

एमसीसी अमेरिकी सरकारको सहयोगी निकाय हो । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रदान गर्न लागेको अनुदान सहयोग परिचालन गर्न सरकारसँग सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि संसदबाट अनुमोदन भएको छैन ।

अमेरिकी सरकारको ५० करोड डलर र नेपालको १३ करोड डलर लगानी गरी उच्च क्षमताको प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि अनुदान खर्च गर्ने सम्झौता भएको हो । एमसीसी कम्प्याक्ट फन्डिङ अन्तर्गतको परियोजना सुरु भएको ५ वर्षभित्र कार्यान्वयन हुनुपर्छ ।

दुई वर्षअघि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कार्यवाहक सीईओ जोनाथन नाशबीच सम्झौतामा हस्ताक्षर भएको थियो । संसदबाट सम्झौता अनुमोदन भएपछि मात्र एमसीसीका परियोजना कार्यान्वयन अघि बढ्छ ।

यस्तै बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपाल र भारतबीच सहमति हुनुपर्ने अनिवार्य शर्त छ । २०७४ भदौ २९ मा एमसीसी र नेपाल सरकारबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) भएको थियो ।

सम्झौताअनुसार अमेरिकाले ५५ अर्ब रुपैयाँ अनुदान दिने र नेपालले १४ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने व्यवस्था छ । सम्झौतामा विद्युत प्रसारण लाइन परियोजना अन्तर्गत ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माण गर्ने उल्लेख छ ।

यस्तै सडक मर्मत सम्भार परियोजनाले सरकारलाई ३ सय ५ किलोमिटर सडक मर्मतमा सहयोग पुर्याउने उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal