आज :

आफ्नै नागरिकमाथि मोदी सरकारको बर्बर दमनः २३ जनाको मृत्यु, सयौं घाइते, दुई हजार गिरफ्तार

काठमाडौं । भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन विभेदकारी भएको भन्दै सुरु भएको आन्दोलन झन् चर्किदै गएको छ । नयाँ कानुनले मुस्लिमलागतका समुदायमाथि विभेद भएको भन्दै विरोध प्रदर्शनमा उत्रेकाहरुमाथि सुरक्षाकर्मी धन्धाधुन्धा गोली चलाइरहेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार शनिबार साँझसम्म सुरक्षाकर्मीको गोलीबाट २३ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सुुरक्षाकर्मीले दमन गरेपछि भारतभर आन्दोलन उठेको छ ।

शान्तिपूण आन्दोनलमा उत्रेकाहरुमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेर शनिबार मात्र ६ जनाको हत्या गरेका छन् । विरोध प्रदर्शनमा उत्रेका अधिकांश युवाहरुमाथि प्रहरीले ताकेर गोली चलाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सत्तारुढ भारतीय जनता पार्टीको सरकार रहेका प्रदेशमा बढी दमन गरिएको बताइएको छ । सुरक्षाकर्मीको गोली लागेर सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
सरकारी दमनबाट आक्रोसित प्रदर्शनकारीले प्रहरी चौकीमासमेत आक्रमण गरेका छन् भने दर्जनौ सरकारी सवारीसाधन र सार्वजनिक, निजी भवनहरुका तोडफोड गरेका छन् ।

सुरक्षाकर्मीले इन्टरनेट सेवा अझै बन्द गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।
करिब दुई हजार प्रदशर्नकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । सरकारले थप हिंसा फैलाउन सहयोग पुग्ने सामग्री प्रकाशन र प्रसारण गर्नसमेत सञ्चारमाध्यमहरुलाई रोक लगाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमानहरुलाई विभेद गरेर नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्था गर्न लागेपछि विरोध सुरु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal