आज :

पत्रकार देवकोटा सम्मानित

सुर्खेत । मंगलगढी बहुउदेश्यीय सहकारी संस्थाले पत्रकार देविराम देवकोटालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारणसभमा देवकोटालाई नगद रकमसहति सम्मान गरेको छ । यार्सान्यूज डटकमका सम्पादक समेत रहेका पत्रकार देवकोटाले पत्रकारिता क्षेत्रबाट संस्थालाई उद्देश्यमा अगाडि बढ्न सहयोग गरेको भन्दै सम्मान गरको हो ।

सो अबसरमा संस्थाको करोबारमा बृद्धि भएको जानकारी गराईको थियो । आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा कुल कारोबारमा ७.५९ प्रतिशतले वृद्धि गरेको संस्थाले शेयर धनी तथा बचतकर्तालाई जानकरी गराएको थियो ।

शनिबार सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाको कुल कारोबार तीन करोड तीन लाख ४५ हजार एक सय ४१ रहेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा २३ लाख तीन हजार ३४६ रुपैंयाले वृद्धि भइ कुल कारोबार तीन करोड २६ लाख ४८ हजार ४८७ पुगेको छ ।

कार्यक्रममा सहकारी संघका अध्यक्ष अमृत बिसीले सहकारीले अब बहुउद्देश्यीय प्रकृतिका काममा लगानि गर्नुपर्नेमा जोड दिएका छन् । विसीले मंगलडि सहकारी जस्ता अन्य सहकारीहरुले पनि अब कृषी लगाएतका क्षेत्रमा लगानि गरेर रोजगार श्रृजना गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष प्रेम रावतको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न व्यक्तिलाई पुरष्कृत गर्नुका साथै सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal