आज :

ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

उदयपुर । ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका १३ नयाँ बरुवा बसपार्कस्थित भित्रि सडकमा खसेर किशोरको ज्यान गएको हो ।

त्रियुगा नगरपालिका ६ जलजलेका १६ वर्षिय प्रबेश अलि मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रौतामाई गाउँपालिकाको मुकुर्चिबाट ढुंगा लिएर आएको स १ त ६८०० नं.को ट्रयाक्टरबाट खसेको मियालाई ट्रयाक्टरको पछाडीको टायरले किचेको थियो ।

तत्काल उनलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुर्याएको भए तापनि उपचारको क्रममा शुक्रवार राती ज्यान गएको हो । मृतक मिया ट्रयाक्टरको सह चालक भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्याक्टर र ट्याक्टर चालक त्रियुगा नगरपालिका ६ जलजलेका ४५ वर्षिय श्यामकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal