आज :

ठूला योजना सञ्चालन हुने गरी कपुरकोट गाउँपालिकाको गाउँसभा सम्पन्न

सल्यान । कपुरकोट गाउँपालिकाको छैठौँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ ।

गाउँसभाले दुई वटा ऐन र एउटा नीति पारित गर्दै रकमान्तर गरि २ ठूला गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभाले विधेयक समितीका संयोजक मिन बहादुर सेनले पेश गरेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६, स्वास्थ्य र सरसफाई सम्वन्धी ऐन, ०७६ र सुशासन (सञ्चालन तथा व्यवस्थापन) नीति, २०७६ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए ।

कर्णाली प्रदेश सरकारसँग ५० प्रतिशत समपुरक अनुदान कार्यक्रमा साझेदारी गरी कपुरकोट फलावाङ मोटर बाटो १ करोड ६० लाख र जामुने खानेपानी योजना १ करोड १० लाख रुपैयाँमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै दर्जन बढि योजनाहरु संघिय सरकार तथा कर्णाली प्रदेश सरकारसँग समपूरक अनुदान तथा विषेश अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्ने गरी अनुरोध गरी पठाउने निर्णय गरेको प्रमुख प्रशसकीय अधिकृत भण्डारीले बताए ।

गाउँसभाका अध्यक्ष भिम बहादुर सेनले प्रस्तुत गरेको प्रस्तावहरुमा गाउँसभाका सदस्यहरुले छलफलमा भाग लिएर बहुमतले पारित गरेका थिए ।

गाउँसभाका सदस्यहरुलाई निर्देशन गर्दै उनले विकास निर्माणका हरेक योजनाहरु पारदर्शी, दिगो र गुणस्तरिय बनाउनसचेत बन्न आग्रह गरेका थिए । गाउँसभाले विभिन्न योजनाहरुको शिर्षक संशोधन गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal