काठमाडौं । नेपालमा अनलाइन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा सरोकावालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनको संख्या बढिरहेको बताए । उनले समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढे पनि समाचारमाथिको विश्वसनियतामा पाठक ढुक्क बन्ने अवस्था नआएको उल्लेख गरे ।
कार्यक्रममा अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ ।