आज :

सान्‍नी त्रिवेणी गाउँपालिकाको गर्भवती महिलालाई ‘पोसिलो नासो’

कालिकोट । जिल्लाको एक गाउँपालिकाले गर्भवती महिलाहरुलाई अण्डा बितरण गरेको छ । कालिकोटको सान्नि त्रिवेणी गाउँपालिकाले चार महिनासम्म नियमित स्वास्थ्य चौकीमा जाँच गरेका गर्भवती महिलाहरुलाई अण्डा बितरण गरेको हो ।

विहीबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले गर्भवती महिलाहरुलाई ‘पोसिलो नासो’ को रुपमा अण्डा बितरण गरेका छन् । अध्यक्ष शाहीले कुपोषण र ख्याउटेपनलाई हटाउन अण्डा बितरण गरिएको बताए ।

पोसिनो नासो स्वरुप अण्डा बितरण कार्यक्रमपछि अनलाइन डबलीसँग कुरा गर्दै अध्यक्ष शाहीले गर्भावस्थाबाट नौ महिनासम्म अण्डा बितरण गर्ने जानकारी दिए । उनका अनुसार प्रत्येक गर्भवती महिलाले महिनामा ३० वटा अण्डा पाउनेछन् ।

गर्भावस्थामा आवश्यक मात्रामा पोषकतत्व नपाउँदा बच्चालाई कुपोषण हुनुको साथै आमा पनि विभिन्न रोगबाट पीडित हुँदै आएका छन् । आमा र बच्चालाई स्वास्थ बनाउने उद्देश्यले पोसिनो नासो बितरण गरिएको अध्यक्ष शाहीले बताए । उनले पोसिलो नासोबाट कुपोषण हुनबाट बचाउने विश्वास समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal