आज :

क्रान्तिकारी पत्रकार संगठनको बैठकः राष्ट्रिय सम्मेलनको तयारी, दुई महिने अभियान संचालन गर्ने निर्णय

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन नेपालले दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । पुस २ गते काठमाडौंमा बसेको बैठकले राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने निर्णय पनि गरेको छ । पुस २ गते सम्पन्न बैठकले ‘संगठन सुदृढ तथा शुद्धिकरण’ अभियान संचालन गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार अध्यक्ष डिल्लीराज राउत र महासचिव बाबुराम भुसालद्वार हस्ताक्षरित विज्ञप्तिमा ८ वटा ब्यूरामा विभाजन गरी कार्यक्षेत्र ठोस गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले आगामी चौथो राष्ट्रिय सम्मेलनको तयारीका लागि चैत मशान्तसमा प्रदेश तथा ब्युरो र जिल्ला समितिहरुका भेला, सम्मेलनहरु सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

प्रेस स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमा अतिक्रमणलगायतका बिषयमा देशभर विभिन्न छलफल, गोष्ठी, अन्तरक्रियाहरु गर्ने निर्णय गरेको छ । विभिन्न जिल्लाहरुमा रहेका राजनीतिक आस्थाका बन्दीहरुको विवरण संकलन गर्ने, भेटघाट गर्ने, उनीहरुको अवस्थाबारे अध्यन गर्ने, साथै जीवन रक्षा र मानव अधिकारका निम्ति आबश्यक सहयोग गर्ने निर्णय गरेको छ । भ्रष्टाचार, दालाली, राष्ट्रघात, कमिशनखोर, करछली र अनियामिताताको भण्डाफोर अभियानलाई संघर्षको रुपमा उठान गर्ने निर्णय गरेको जानकारी विज्ञप्तिमार्फत गरिएको छ ।

यस्तै विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको असंबैधानिक राजनीतिक प्रतिबन्ध र नेकपाका नेता कार्यकर्तामाथि प्रहरीद्वारा देशभर गरिएको धरपकड बिरुद्ध शसक्त आवाज उठाउने निर्णय गरेको छ ।

प्रेस स्वतन्त्रता श्रमजिबि पत्रकार ऐन कार्यानयन गर्न तथा श्रमजिबि पत्रकारको हकहितका लागि संघर्ष गर्ने निर्णय गरेको छ । यस्तै आगामी नेपाल पत्रकार महासंघको चुनावलाई ध्यानमा राखी त्यसको सबै खाले तयारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रदेश र केन्द्रको चुनावमा भाग लिने निर्णय गर्दै विचार मिल्ने अन्य पत्रकार संगठनसंग मोर्चाबन्दी गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् ७ निर्णय

१. बैठकको शुरुमा जनयुद्ध, जनआन्दोलन र विभिन्न समयमा भएका संघर्षका क्रममा ज्यान गुमाउनु हुने पत्रकार एवं साहित्यकार कृष्ण सेन “इच्छुक”लगायत सम्पूर्ण ज्ञात–आज्ञात सहिदहरुप्रति एक मिनेट श्रद्धाञ्जली अर्पण गरियो ।

२. बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो जिल्ला र क्षेत्रको रिपोर्ट पेश गर्नुभयो । संगठनको तेस्रो राष्ट्रिय सम्मेलनदेखि हालसम्म क्रान्तिकारी पत्रकार संगठन, नेपालका पदाधिकारी र केन्द्रीय सदस्यहरुले देशव्यापी रुपमा गैरकानुनी गिरफ्तारी, धरपकड र राजनीतिक आस्थाका आधारमा बन्दी बनाईएका आस्थाका बन्दीहरुसँग भेटघाट र उहाँहरुको न्यायका लागि कानुनी प्रक्रियामा सहजीकरणसहित खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै राष्ट्रियता, जनजीविका, जनतन्त्रका पक्षमा र दलाली, भ्रष्टाचार, कमिसनखोर, करछलीलगायतका विकृतिबिरुद्ध संघर्ष गर्ने, राजनीतिक शक्तिमाथि सरकारले गरेको गैरसंबैधानिक प्रतिबन्धका बिरुद्ध विभिन्न छलफल अन्तरक्रिया गरी परिवर्तनका पक्षमा पहल लिएको रिपोर्टको सार थियो ।

३. गत बर्ष सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन र त्यस यताको सम्पुर्ण आर्थिक आय व्याय प्रतिवेदन बैठकमा पेश गरी वृहत छलफल पश्चात पारित गरियो ।

४. आगामी चौथो राष्ट्रिय सम्मेलनको तयारीका लागि एसोसिएट, प्रतिष्ठान, प्रदेश र जिल्लाहरुको भेला, सम्मेलन आगामी चैत्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरियो ।

५. देशव्यापी रुपमा “दुई महिने संगठन सुदृढ तथा शुद्धिकरण अभियान” संचालन गर्ने निर्णय गरियो । देशका ७ बटा प्रदेश र उपत्यकासहित ८ वटा प्रदेश (व्यूरो)का संयोजक र सदस्यहरुको जिम्मेवारी ठोस गर्ने निर्णय गरिएको छ ।

६. सीमा अतिक्रमण, राष्ट्रियता, जनतन्त्र, जनजीविका, प्रेस तथा नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र श्रमजीवी पत्रकार, मजदुरका हकहितलगायतका बिषयमा देशका सातै प्रदेशका विभिन्न शहरहरुमा छलफल, गोष्ठी, अन्तरक्रियासहित संघर्षका कार्यक्रम गर्ने निर्णय गरियो ।

७. नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा हुने आगामी निर्वाचनमा भाग लिने र त्यसको तयारीका लागि अन्य संघ÷संगठनहरुसँग मोर्चाबन्दीका लागि छलफल गर्ने साथै त्यसका लागि मातहका सबै निकायले आवश्यक पहल लिने निर्णय गरियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal