आज :

राष्ट्रिष्य सभाको निर्वाचन माघ ९ गते, पुस २० गते उम्मेदवारी दर्ता, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । कुल ५९ जना राष्ट्रियसभाका सदस्यको एक तिहाई अर्थात १९ सदस्यको निर्वाचन हुन लागेको हो । जसमा १८ निर्वाचित हुनेछन् भने एकजना सरकारको सिफासिरमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

निर्वाचन आयोगले बुधबार राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसको लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको आयोगले जनाएको छ ।

सार्वजनिक गरिएको तालिकाअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुन भएको छ । त्योभन्दा पहिला १७ गते मतदाता नामावली प्रकाशित गरिनेछ । सोही दिन प्रकाशित नामावलीउपर दाबी–विरोधको उजुरी दिन सकिनेछ । उजुरीउपर छानबिन गरी आयोगले पुस १८ गते राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

पुस २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । सोही दिन मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको सूची प्रकाशित गरिनेछ । पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगले पुस २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । पुस २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिनका लागि पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ ।
पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । आयोगले सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गर्नेछ ।

माघ ९ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले सोही दिन अपराह्न ४ बजेपछि मतगणना कार्य सुरु गर्ने जनाएको छ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा गरिनेछ ।

राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका ८, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ७, राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनीत एक गरी १९ सदस्यको दुईवर्षे कार्यकाल आउँदो फागुन २० मा सकिन लागेको हो ।

कार्यकाल सकिनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्रिसभा निर्वाचनको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन् ।

आयोगले तालिका सार्वजनिक गरेसँगै राजनीतिक पार्टीहरुलाई चनावले छोएको छ । सत्तारुढ (नेकपा) र राजपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal