आज :

(नेकपा)को स्थायी समिति बैठकः पूर्वमाओवादी एमसीसीको विपक्षमा, पूर्वएमाले पक्षमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको कमिटी बैठक जारी छ । बैठक आज पनि बस्दैछ । बैठकमा स्थायी समिति सदस्यहरुले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा धारणा राखिरहेका छन् ।

बैठकमा पूर्वमाओवादी र पूर्वएमालेको फरकफरक धारणा आएका छन् । बैठकमा जनताले चाहेअनुसार काम गर्न नसकेको भन्दै धेरै स्थायी समिति सदस्यहरुले सरकारको आलोचना गरेका थिए । तर, सरकारमा रहेका स्थायी समिति सदस्यहरुले भने त्यसको बचाउ गरेका छन् । यसमा पनि दोहरी नै चलेको थियो ।

त्यसैगरी बैठकमा अमेरिकाको इण्डोप्यासिफिक रणनीतिसँग जोडिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि फरकफरक धारणा आएका छन् । यसमा पूर्वमाओवादी र पूर्वएमाले दुईधार देखिएका छन् । पूर्वमाओवादी पृष्ठभूमी भएका नेताहरुले एमसीसीको विरोध गरेका छन् । उनीहरुले राष्ट्रहित विपरित हुने भन्दै संसदबाट पास गर्न नहुनेमा जोड दिएका छन् । तर, पूर्वएमाले पृष्ठभूमीका नेताहरुले एमसीसी जसरी पनि पास गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा एमसीसीलाई औपचारिक रुपमा पर्यटनमन्त्री योगेश भट्टराईले प्रवेश गराएका थि । उनले मसीसी राष्टहित विपरित नभएको भन्दै संसदबाट अनूमोदन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले पनि एमसीसी यो सरकार भन्दा पहिलैको भएको बताउँदै पक्षमा धारणा राखेका थिए । तर, भीम रावलले भने यसको विरोध गरेका छन् । उनले प्रस्ट नभई संसदबाट अनुमोदन गर्न नहुने बताए ।

उता पूर्वमाओवादी पृष्ठभूमी भएका देव गुरुङ, मणी थापालगायतका नेताहरुले एमसीसी राष्ट्रहित विरुद्ध भएको बताउँदै संसदबाट फिर्ता गर्नुपर्ने धारणा राखेका थिए । तर, सरकारमा भएका नेताहरुले भने एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए । ऊर्जामन्त्री तथा स्थायी समिति सदस्य बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एमसीसीसंसदबाट अनुमोदन गर्दा देशहित विपरित नहुने धारणा राखेका थिए ।

बुधबारको बैठकमा बोल्ने १२ मध्ये अधिकांश नेताहरुले एमसीसीको विपक्षमा बोलको थिए भने रघुजी पन्त, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, हरिबोल गजुरेल लगायतले बीचमा बसेर धारणा राखेका थिए । उनीहरुले एमसीसीको समर्थन र विरोधभन्दा पनि राष्ट्रहितमा भए सदुपयोग गर्नुपर्ने र नभए अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

स्थायी समितिको अर्को बैठक आज बिहीबार बिहान ११ बजे बस्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal