आज :

अखिल क्रान्तिकारीका अध्यक्ष जोशी रिहा, केन्द्रीय सदस्य कुँवर पुनः गिरफ्तार

धनगढी । अनेरास्ववियु (क्रान्तिकारी)का दार्चुला जिल्ला अध्यक्ष सुवाससहित ५ नेता रिहा भएका छन् । भारतले कालापानी–लिपुलेकमा गरेको अतिक्रमणविरुद्ध गरिएको विरोध प्रदर्शनको क्रममा जोशीलाई २१ दिन पहिला प्रहरीले गिरफ्तार गरेको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले जिल्ला सदरमुकाम दार्चुलामा गरिएको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेर केन्द्रीय सदस्य तिलक कुँवर, जिल्ला अध्यक्ष जोशीसहित ६ जनालाई गिरफ्तार गरेको थियो । अदालतको आदेशमा जोशीसहित ५ जनालाई रिहा गरिएको छ भने केन्द्रीय सदस्य कुँवरलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

अध्यक्ष जोशीसँगै विद्यार्थी ध्वनि, ललित, गणेश र दिपक रिहा भएको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।
भारतीय अतिक्रमणविरुद्ध गरिएको विरोध उत्रेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप तथा धरपडक गर्दै गिरफ्तार गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal