आज :

प्रहरी हस्तक्षेपलाई छल्दै काठमाडौँमा अखिल क्रान्तिकारीको प्रदर्शन, आठ जना गिरफ्तार

काठमाडौँ । अनेरास्ववियु (अखिल क्रान्तिकारी)ले लिम्पियाधुरा, कालापानी–लिपुलेक अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले काठमाडौँको ढल्कुमा विरोध प्रदर्शन गरेको हो ।

ढल्कुबाट ठमेल, असन आउन लागेको विरोध प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । काठमाडौँका विभिन्न ठाउँहरुबाट ढल्कुतिर गइरहेका विद्यार्थीहरुलाई बीचमै प्रहरीले रोकेको थियो ।

ढल्कु पुगेको विद्यार्थीहरुलाई पनि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेका कारण ढल्कु पुल नजिक जम्मा भएका विद्यार्थीहरु तितरवितर भएका थिए । फेरि विद्यार्थीहरुले नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

‘कालापानी हाम्रो, सीमा मिच्न पाइदैन, कालापानीबाट भारतीय सेना फिर्ता गर, नेपाली सेनालाई कालापानीमा तैनाथ गर’ जस्ता नारा लगाउँदै विद्यार्थीहरुले कोणसभा गरेका थिए । कोणसाभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले सीमा अतिक्रमणको विरोध गर्दा सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति समेत जनाएका थिए ।

प्रहरीले ढल्कुबाट ६ जना र क्षेत्रपाटीबाट दुईजना गरी ८ जना विद्यार्थीलाई गिरफ्तार गरेको छ ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal