आज :

एनआईसी एशिया बैंकको २ वटा नयाँ शाखा संचालन

काठमाडौं । एन आई सी एशिया बैंकको २ वटा नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकै साथ सञ्चालन भएको छ ।

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले शाखा संचालन गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं.१२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौं महानगरपालिका वडा नं.१, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मंसिर २९ गतेबाट संचालनमा आएको हो ।

मंगलबजार शाखाकोे उदघाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे उदघाटन एन आई सी एशिया बैंकका उप-प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरे ।

२ नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal