आज :

वातावरण विनासको मुख्य कारक मानव समुदाय हो : प्रदेश प्रमुख देवकोटा

  • अनलाइन डबली

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको बताएका छन् ।

बिहिबार विश्व वातावरण दिवसको शुभकामना सन्देश दिदै उनले मानवका गलत क्रियाकलापहरुले मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको बताएका हुन् ।

‘जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको छ । वातावरण विनासको मुख्य कारक मानव समुदाय हो,’ उनले सन्देशमा भनेका छन् ।

उनले अब पनि नसच्चिए अन्तिम मानवले पुस्ताले पुर्खा धिक्कार्दै मानव अस्तित्व इतिहासमा मात्र रहने अवस्था आउने बताए ।

प्रदेश प्रमुख देवकोटाले प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणामहरु निम्त्याएको बताए ।

‘प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणामहरु निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदुषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरुप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ । यसले जैविक विविधतामा संकट निम्त्याएको छ,’ उनले सन्देशमा भनेका छन् ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal