आज :

अखिल क्रान्तिकारीको ललितपुर अध्यक्षमा सुनार निर्वाचित 

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को ललितपुर अध्यक्षमा रमेश सुनार निर्वाचित भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

अखिल क्रान्तिकारीको २४ औं जिल्ला सम्मेलनले सुनारको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमित निर्वाचित गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै प्रमु-ख अतिथि तथा संगठनका महासचिव प्रकाश शाहीले शैक्षिक विकृति-विसंगतिविरुद्ध संगठनले देशभर संघर्ष गरिरहेको बताउँदै नयाँ निर्वाचित नेतृत्वले जिल्लामा अभियानात्मक रुपमा संघर्ष चलाउनु पर्ने बताए ।

त्यसैगरी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले शैक्षिक माफियासँग सीमा अतिक्रमणविरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको बताए । सम्मेलनका विशिष्ट अतिथि समेत रहेका बिकले भारतीय अतिक्रमणविरुद्धको काठमाडौंबाट सुरु भएको सडक आन्दोलन देशव्यापी भएको बताए ।

सम्मेलनपछि नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै संयोजक बिकले वैज्ञानिक समाजवाद विना जनताका छोराछोरीको पहुँचमा शिक्षा नपुग्ने बताए । उनले नेपालको शिक्षामा दिनदिनै दलालीकरण-माफियाकरण मौलाइरहेको भन्दै त्यसविरुद्ध निर्णयक संघर्ष गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal