
काठमाडौँ । विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघले सरकारसँग गरेको सहमति धोकापूर्ण भएको भन्दै नयाँ आन्दोलनको घोषणा गरेको छ ।
आफूहरुलाई सडकमै छोडेर महासंघले सरकारसँग आफ्ना कुरामात्रै पूरा गर्नेगरी ९ बुँदे सहमति गरेको आरोप परिषद्ले लगाएको छ ।
परिषद्ले आन्दोलन परिचालन समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा बब्बन मिश्र संयोजक, सहसंयोजक दिप खतिवडा रहेका छन् ।
आन्दोलनका कार्यक्रमअनुसार बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने, जेठ ५ गतेदेखि जिल्लागत आन्दोलन परिचान समिति गठन, ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई आन्दोलनबारे जानकारी, जेठ ७ गते सातवटै प्रदेशमा आन्दोलनको जानकारी तथा ध्यानाकर्षण, जेठ ९ र १० गते काठमाडौँस्थित माइतिघर मण्डलामा प्रदर्शन गर्ने समेत परिषद्ले निर्णय गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल शिक्षक महासंघबीच भएको सहमतिलाई धोको भन्दै अन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मानुरुप बिपरित हुनेगरी विद्यालय कर्मचारीको मलाइृ पूर्णरुपामा बेवास्ता गर्दै एकलौटी महासंघको नेतृत्वले निजामिति सरहको ग्रेड मिलान, स्थायी र सबैकारका शिक्षकहरुका लागि दुगम भत्ता प्राप्त गर्ने मर्यादाक्रममा शिक्षकलाई राख्नेलगायतमा माग मात्रै पूरा गरेर विद्यालय कर्मचारलाई सडकमै छोडेर महासंघले सरकारसँग सम्झौता गरेको परिषद्ले जनाएको छ ।