आज :

बनभोज गएको कलेज बस दुर्घटना, २२ जना घाइते

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ ।

शुक्रबार बिहान सूर्यविनायक नगरपालिकास्थित बनभोजका लागि गएको बस ब्रेक फेल भइ दुर्घटना भएको हो ।

बिहान कलेजबाट भक्तपुरको सुर्यविनायक नगरपालिका ८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नं.को बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीले जानकारी दिएको छ ।

११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि गएका थिए । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जना गम्भीर छन् भने, अन्य २० जनाको अवस्था सामान्य छ । दुर्घटनाका घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal