News Portal

  • ४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

    २१९ पटक

    काठमाडौं । नेपाल प्रहरीका एक जना निरीक्षक (इन्सपेक्टर) घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित प्रहरी निरीक्षक जयनेपाल थापालाई नियन्त्रणमा लिएको हो ।

    वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक थापालाई पाटनबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । थापा महानगरीय अपराध महाशाखामा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस्