आज :

कृषि विकास बैंकबाट फेरि ह्याकरले लुटे साढे १४ करोड

काठमाडौं । नेपालका बैंकहरु ह्याकरको आक्रमणमा पर्ने क्रम रोकिएको छैन ।

केही समयअघि निजी बैंकमाथि धावा बोलेका ह्याकरहरुले पछिल्लो पटक सरकारी बैंकमाथि आक्रमण गरेका छन् । सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ह्याकरहरुले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेको खुलेको छ ।

विदेशी ह्याकरहरुको समूहले नेपालस्थित विभिन्न ४० भन्दा धेरै व्यक्तिहरुलाई एजेन्टका रुपमा प्रयोग गरेर कृषि विकास बैंकबाट रकम लुटेका हुन् । लुटेराहरुले सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाटसप ईमोमार्फत चिठ्ठा परेको बताएका थिए । त्यससँगै पार्सल आएको भनेर प्रलोभन देखाउँदै ठगी गरेको पनि खुलेको छ ।

प्रहरीले कृषि विकास बैंकमा भएको ह्याकबारे अनुसन्धानबाट खुले पनि अन्य बैंकबाट पनि रकम लुटिएको हुन सक्ने अनुमान गरिएको छ ।महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार ह्याकरले कृषि विकास बैंकसँगै पानस रेमिटबाट पनि रकम लुटेका छन् । रकम लुटपाटमा संलग्न ३ जनालाई महानगरीय प्रहरी परिसरले बुधबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई राजधानीबाटै मंगलबार हिरासतमा लिइएको थियो । पक्राउ पर्नेमा दोलखाको फुलपा गाउँपालिका-२ स्थायी घर भएका रमेश खड्का, नवलपरासीको रामग्राम-१७ घर भएका विशेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन् ।

रकम लुटपाटका नाइकेमा नाइजेरियन नागरिक पिटर र बेलायती नागरिक स्मिथ मोरिस रहेका छन् । लुटपाटको योजना नेपालमै बसेर बनाइएको खुलेको छ । लुटपाटमा संलग्न पिटर सन् २०१० देखि नेपालमा बस्दै आएका थिए ।

उनी पक्राउ परेकामध्ये एक रमेश खड्काको ठमेलस्थित बुद्ध होटेलमा बस्ने गरेका थिए । त्यही होटलमा बस्दा बस्दै चिनजान भएर लुटपाटको योजना बनाएका थिए । लुटपाटमा संलग्न अर्का युवक विशेश्वरप्रसाद हाल ठमेल किचनका रुपमा सञ्चालित त्यही होटलका श्रमिक भएको सुवेदीले बताए ।

रकम लुटपाटमा संलग्न भनिएका सन्दीप कलवारले मनी चेञ्जर कम्पनी चलाइरहेका खुलेको छ । यो समूहले कृषि विकास बैंक र पानस मनी ट्रान्सफरबाट रकम लुट्ने क्रममा विभिन्न १७ भन्दा धेरै बैंकबाट कारोबार गरी रकम निकालेको खुलेको छ ।‘लुटेराहरुले सनराइज बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक,

बैंक अफ काठमाण्डू, प्रभु बैंक, नबिल बैंक, लुम्बिनी बैंक, माछापुच्छ्रे बैंक, एसबीआई बैंक, एनबी बैंक, ग्लोबल बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र लक्ष्मी बैंकबाट कारोबार गरेको भेटियो’-उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal