आज :

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

हेटौँडा । मंगलबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौँडा र मकवानपुरगढीमा भएका दुर्घटनामा २ जनाको ज्यान गएको हो भने २ जना घाइते भएका छन् ।

हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षिय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको हो ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मृतकको सनाखत भएको छैन । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षिय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षिय शर्मिला थापामगर रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal