आज :

हङकङमा नेपाल भ्रमण वर्ष २०२० मनाइने

काठमाडौं । हङकङमा नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० मनाइने भएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को विधिवत उदघाटन कार्यक्रम आगामी ५ जनवरी २०२० का दिन हङकङको सेन्ट्रलमा राखिएको एनआरएन हङकङकी अध्यक्ष राधिका गुरुङले जानकारी दिइन् ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबर्धन समिति गठन गरिएको छ ।

नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहेको सो कार्यक्रमको सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ रहेको छ भने नेपाल बायुसेवा निगम पनि सहआयोजक रहेको छ ।

त्यस्तै सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ रहेको छ ।

बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टामा हङकङ साइट घुम्ने कार्यक्रम रहेको र कार्यक्रममा करिब ४ सय जनाको सहभागिता रहने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal