आज :

अतिक्रमित सबै भूमी फिर्ता गर्न भारतलाई जागरण मञ्‍चको चेतावनी

काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले भारतले अतिक्रमण गरेको नेपालीभूमी फिर्ता नगरे नेपाली जनता ज्वारभाटा भएर उर्लिने चेतावनी दिएको छ । उसले अतिक्रमित सबै नेपाली भूमी फिर्ता गर्न भारत सरकारसँग माग समेत गरेको छ ।

मंगलबार नेपालीस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाउँदै मञ्चले नेपाल र भारतका बीचमा रहेका राष्ट्रियताका सबै समस्या समाधान गर्न समेत मंचले भनेको छ । मञ्चका संयोजक लोहनीले भारतीय दूतावसमा ज्ञापनपत्र बुझाएका छन् । “अहिले नेपाली जनता भारतीय अतिक्रमणकारी नीतिका विरुद्ध एक भएर सडकमा उत्रिरहेका छन् । हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिनेछन् । एकपटक विरासतका रूपमा रहेको वीर नेपालीको पहिचान साबित गर्न पछि पर्ने छैनन् । त्यसैले हामी नेपाल र भारतका बीचमा रहेका राष्ट्रियताका सबै समस्याहरू समाधान गरियोस् भन्ने चाहना राख्दछौँ” ज्ञापनपत्रमा भनिएको छ ।

तत्कालिन इस्ट इन्डिया कम्पनीले व्यपारको लागि नेपालीभूमीमाथि गिद्धेनजर लगाएको तर वीर नेपाली रगत र पसिना बगाएर बचाएको बताइएको छ । तत्कालिन नेपाली शासकहरुका कारण सन् १८१६ सुगौली सन्धी भएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ, “तत्कालीन नालायक शासकहरूका कमजोरीका कारण सन् १८१६ मा कपटपूर्ण सुगौली सन्धिमा पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म, यस्तै उत्तरमा तिब्बततर्फ टासिल्हुन्पोसम्म तन्किएको र दक्षिणमा घाघरा–गङ्गा तथा यमुना–गङ्गा नदीको मैदानसम्म २,६७,५७५ वर्ग्किलोमिटरमा फैलिएको नेपाल १,४७,१८१ वर्गकिलोमिटरमा खुम्चिन पुगेको थियो । तर अङ्ग्रेजले भारत छाड्दै गर्दा उक्त जमिन फिर्ता गर्नुपर्ने थियो । त्यसो गरिएन । त्यसपछि पनि लोकतान्त्रिक भनिएको छिमेकी राष्ट्र भारतका शासक–प्रशासकहरूले नेपाली भूमिमाथि गिद्देदृष्टि लगाइराखे । अहिले सुगौली सन्धि भएको २ सय ३ वर्ष पुगिसकेको छ ।”

“हाम्रा पुर्खाहरूले रगतपसिना एक बनाएर निर्माण गरेको प्यारो मातृभूमिमा व्यापार गर्न भनी प्रवेश गरेको तत्कालीन इस्ट इन्डिया कम्पनीले आँखा लगाउँदै आएको थियो । अङ्ग्रेजनामक इस्ट इन्डिया कम्पनीले ५ सयभन्दा बढी राज्यमा विभक्त वर्तमान भारतमाथि साम्राज्यवादी पञ्जाले जकडेको थियो । उसका अनेकौँ हर्कतहरूलाई हाम्रा वीर पुर्खाले नाकाम बनाइरहेका थिए” ज्ञापनपत्रमा भनिएको छ ।

संयोजक लोहनीले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालीभूमी भारतमा पारेको भन्दै आपत्ति जनाएका छन् । त्यसको विरोधमा नेपालमा देशभक्तिपूर्ण आन्दोलन उठेको बताउँदै ज्ञापनपत्रमा भनेका छन्, “नेपाली भूमिमाथि भारतीय अतिक्रमण बढ्दै गइराखेको छ । त्यसैको पछिल्लो संस्करण हो गत नोभेम्बर २ मा भारतले नेपाली भूमि हड्पिएको नक्सा सार्वजनिक गर्नु । नेपालमा राणा शासनको अन्त्य हुँदै अहिलेसम्म आइपुग्दा ७३ स्थानमा अतिक्रमण भएका र मिचिएका तथ्यहरू सार्वजनिक भैसकेका छन् । १५ मई २०१५ मा बेइिजङमा भारत र चीनबीच भएको भनिएको लिपुलेक सम्झौतामा लिम्पियाधुरादेखि लिपुलेकसम्मको ठूलो भूभाग भारतले हडपेको छ । अहिले आएर भारतले सार्वजनिक गरेको आफ्नो देशको नक्सामा ऊक्त भूभाग भारतमा परेको देखाइएकाले देशभक्त नेपाली जनता आक्रोशित हुन पुगेका छन् र देशभक्तिपूर्ण आन्दोलनमा सरिक भैराखेका छन् । नेपाली जनताले गर्दै आएको आन्दोलनले भारतीय शासकहरूको यस्तो साम्राज्यवादी नीति नेपाली जनतालाई कुनै पनि मानेमा स्वीकार्य हुन सक्दैन भन्ने पुष्टि गरेको छ ।”

नेपाली शासकहरुको लम्पसारवादी नीतिकै कारण भारतले सन् १९५० को सन्धिदेखि नै नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा अतिक्रमण गर्दै आएको बताएका छन् । नेपाल–भारतबीच देखिएको सीमा विवाद दुवै देशका सरकारले वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने मंचले धारणा राखेको छ । उसले भारत र नेपालका बीचमा पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र सम्बन्धहरू कायम राख्न अपील समेत गरेको छ ।

“अहिले नेपाली जनता भारतीय अतिक्रमणकारी नीतिका विरुद्ध एक भएर सडकमा उत्रिरहेका छन् । हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिनेछन् । एकपटक विरासतका रूपमा रहेको वीर नेपालीको पहिचान साबित गर्न पछि पर्ने छैनन् । त्यसैले हामी नेपाल र भारतका बीचमा रहेका राष्ट्रियताका सबै समस्याहरू समाधान गरियोस् भन्ने चाहना राख्दछौँ” संयोजक लोहनीले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal