आज :

१० जनाले बनाएको पुलको नाम ‘दश भाई पुल’

काठमाडौं । दमौलीका १० जना व्यवसायीहरुको निजी लगानीमा पक्की पुल निर्माण भएको छ ।

दमौलीका व्यवसायीहरु काशीराम श्रेष्ठ, बुद्धीराज मिश्र, तिलबहादुर थापा, निरबहादुर ठकुरी, दिलबहादुर दरै, यमबहादुर दरै, किनकुमार श्रेष्ठ, सकिद दरै, सुर्यबहादुर मल्ल र प्रकाश मल्लले व्यक्तिगत एक करोड ३० लाख रुपैयाँ लगानी गरेर व्यास नगरपालिकाको वडा नम्बर १ को अम्रेनी पृथ्वीराजमार्गसगै र वडा नम्बर ११ जोड्ने बुल्दी खोलामा पक्की मोटर चल्ने पक्की पुल निर्माण गरेका हुन् ।

१५ मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त पुल व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १० जना व्यववसायीको व्यक्तिगत लगानीमा निर्माण गरिएको कारणले उक्त पुलको नाम पनि १० भाई पुल राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal