आज :

आज सोल्टी होटलको प्रस्तावित लाभांस सुरक्षित गर्ने, अन्तिम दिन

काठमाडौं । सोल्टी होटलले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्न आज अन्तिम दिन हो । होटलले सभा प्रयोजनको लागि भोलिदेखि बुक क्लोज गर्दैछ ।

होटलले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई हल कायम रहेको चुक्ता पुँजीको २६.३१५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

होटलले १५ प्रतिशत बोनस सेयर र ११.३१५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांस पारित गर्नको लागि होटलले आगामी पुस २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ ।

हाल होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख ७५ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको पुँजी ८४ करोड २५ लाख ७६ हजार पुग्ने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal