आज :

सागको समापनमा आज चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु

काठमाडौं । आज सागको समापन समारोहलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ ।

आज जोर नं.का मात्र सवारी साधन चलाउन पाइने छ । ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले जोर नं.का मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ । ट्राफिकले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा रोक लगाएको छ ।

साथै कम भन्दा कम सवारी साधन निकाल्न पनि अनुरोध गरेको छ । १३ औं साग खेलकुदको भब्य समारोहबीच समापनको तयारी गरिएको छ ।

यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ ।

मध्याह्न १२ बजे सांसदहरुसँग विशेष फुटबल खेल्ने र दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिएका छन् ।

उनले मंगलबार नै खेलाडीहरुका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । समारोह समिति सचिव कुलबहादुर थापाले उदघाटनमा नेपालको कला र संस्कृति समेटेकोमा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने बताए ।

करिब डेढ घण्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरु तथा विद्यालयका गरी ५ टोलीले विशेष प्रस्तुति दिने समापन अझ सशक्त हुने दाबी उनले गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal