
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा उनले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।