आज :

न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कम्तीमा ५ जनाको मृत्यु, कैयौँ घाइते

काठमाडौं । न्यूजील्यान्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा ५ जनाको मृत्यु भएको छ भने केही मनिसहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ । प्रहरीका अनुसार २३ जनालाई उद्धार गरिएको छ । हताहत हुने व्यक्तिको संख्या बढ्न सक्ने बताइएको छ ।

अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । उनीहरूको शरीर पोलेको छ ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो । उक्त टापु निजी स्वामित्वमा रहेको छ र पर्यटन गन्तव्यस्थल मानिएको छ । उक्त स्थानमा सक्रिय ज्वालामुखीहरू छन् ।

न्यूजील्यान्डको क्रूज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ । उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित छन् । विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेका थिए ।

सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छिन् । उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ । माछा मार्ने व्यवसायमा संलग्न एक स्थानीयवासीले विस्फोटपछि सो क्षेत्रमा च्याउ जस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको बताएका छन् ।

लाईभ फीडबाट प्राप्त फोटोमा विस्फोट हुनुभन्दा केही मिनेट अगाडि त्यहाँको क्रेटर देखिन्छ । विस्फोट हुनुभन्दा केही क्षण अगाडि ह्वाईट आईलयान्डको क्रेटरको घेरा छेउछाउमा पर्यटकहरू घुमिरहेको देखिन्थ्यो । सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो । त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal