आज :

उत्तर कोरियाले अति महत्वपूर्ण परमाणु परीक्षण गर्‍यो 

काठमाडौं । उत्तर कोरियाले फेरि परमाणु परीक्षण सुरु ऊरेको छ । आइतबार अति महत्वपूर्ण परीक्षण सफल भएको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएका अनुसार उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रबाट अति महत्वपूर्ण परीक्षण गरेको हो । उसले यो परमाणुले देशको रणनीतिक हैसियत वृद्धिका लागि उपयोगी सावित हुने पनि जनाएको छ ।

अमेरिकासँगको वार्ताको ढोका बन्द भएको केही समयपछि उत्तर कोरियाले यो परीक्षण गरेको हो ।

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली दूत किम सोङ्गले एक वक्तव्य जारी गरी अमेरिकासँग वार्ता गर्नु जरुरी नभएको भन्दै बार्ताको खाँचो उत्तर कोरियालाई भन्दा अमेरिकालाई पर्ने बताएका छन् ।

परमाणु निःशस्त्रीकरण वार्ताको सूचिबाट यसअघि नै हटिसकेको बताउँदै उनले उत्तर कोरियाले परमाणु प्रक्षेपण कार्य कुनै पनि हालतमा नरोक्ने दाबी समेत गरे ।

उत्तर कोरियाले अमेरिका सामू बन्द गर्ने भनिएको सोय सेटेलाइट सेन्टरबाटनै परमाणु प्रक्षेपण गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal