आज :

साग : पुरुष क्रिकेटको उपाधि श्रीलंकालाई

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटको उपाधि श्रीलंकाले हात परेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई ९ विकेटले हराउँदै स्वर्ण पदक हात पारेको हो ।

पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो । १५१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

श्रीलंकाका लागि लासिथ क्रुसपुल र पाथम निसंकाले अर्धशतक बनाएका थिए । विष्फोटक ब्याटिङ गरेका लासिथले ४१ बलमा ७३ रन जोडेका थिए ।

त्यस्तै पाथम निसंकाले ६७ रनको योगदान गरेक थिए । बंगलादेशका लागि एक मात्र विकेट मेहेदी हसन रानाले लिन सफल भएका थिए । यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि यासिर अलीले सर्वाधिक ५१ रन बनाएका थिए ।

त्यस्तै महिदुल स्लाम अंकनले ४४ र जाकिर हसनले २० रन जोड्न सफल भएका थिए भने अन्य ब्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशलाई मध्यम योगफलमा समेट्न श्रीलंकाका आशिथ फर्नान्डोले २ विकेट लिए । कभिष्का अन्जुला, जेहान ड्यानिएल र शम्मु असनले १-१ विकेट जोडेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal