आज :

जनयुद्धका बाल कलाकार स्वर्णीम शाहीको देउडा गीत (भिडियोसहित)

काठमाडौँ । जनयुद्धका बाल कलाकार स्वर्णीम शाहीको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको छ । कला, संस्कृति र पर्यटनको पहिचानसहितको देउडा गीत आइतबार सार्वजनिक भएको हो ।

पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको पहिचान एकसाथ पहिचान दिने उद्देश्यले गीत ल्याएको गीतकार शाहीले बताए । शब्द, संगीत, स्वर र अभिनय समेत शाही आफैले गरेको नयाँ गीतले मध्य र सुदूरपश्चिमको कला, संस्कृति र पर्यटनको पहिचान दिएको छ ।

गीतमा शाही र गायीका माण्डवी त्रिपाठीको स्वर रहेको छ । त्यसैगरी अभिनयमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् ।
कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत विशेष फिल्मस् युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

कालिकोटको पचाल झरना गाउँपालिका–९ का निवासी शाही २०५७ सालमा जनयुद्धमा पूर्णकालिन भएका थिए । १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा पूर्णकालिन भएका शाही २०५८ सालमा जनयुद्धको बालकलाकारबाट जनकलाकारिताको यात्रा थालेका थिए । शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । चर्चित गायीका अन्जु पन्तलगायतका कलाकारहरुले गाएका छन् ।

त्यसैगरी एक दर्जन गीत बजारमा आउने तयारीमा छन् ।

भिडियो 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal